Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वउर्जामन्त्री खड्कालाई ७ दिन थुनामा राख्न अनुमति

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । पूर्वउर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी आरोपमा ७ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

आइतबार न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले खड्कालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्ने आदेश दिएको हो । उनलाई आज बिहान पक्राउ गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक बयान सुरु गरिसकेको भए पनि थप प्रमाण संकलन, बयान लिने तथा अन्य अनुसन्धानका कार्य बाँकी रहेको जनाउँदै हिरासतमा राख्न अनुमति मागेको थियो।

अदालतले विभागको मागलाई मनासिव ठहर गर्दै ७ दिनको म्याद थप गरेको हो।

अदालतको आदेशअनुसार, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम चैत १५ गतेदेखि लागू हुने गरी उक्त म्याद स्वीकृत गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077