Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली-लेखकलाई पाँच दिन म्याद थप

ओली-लेखकलाई पाँच दिन म्याद थप

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ।

जेनजी आन्दोलन प्रकरणमा शनिबार पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतले आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार ज्यानसम्बन्धी कसुरमा दुवै जनालाई पाँच-पाँच दिन म्याद थप भएको छ।

सरकारले भने अनुसन्धानका लागि १० दिनका लागि समय माग गरेको थियो। 

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

चैत १४ गते बिहान झिसमिसेमै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल  लगिएकोमा डाक्टरको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

यता सर्वोच्च अदालतमा दुवै जनालाई गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दी-प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। रिट निवदेनमाथि सोमबार सुनुवाइ हुँदै छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077