Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसमा किचलो कायमै, पूर्णबहादुर खड्काले बोलाए विघटित केन्द्रीय समिति बैठक

कांग्रेसमा किचलो कायमै, पूर्णबहादुर खड्काले बोलाए विघटित केन्द्रीय समिति बैठक

'आजै कांग्रेसका नवनिर्वाचित सांसदहरुका लागि बधाईसहितको कार्यक्रम आयोजना'

सोमवार , चैत्र १६, २०८२

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। 

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका पूर्णबहादुर खड्काले मंगलबारका लागि देउवा पक्षीय पदाभिकारी तथा सदस्यहरुको बैठक बोलाएका हुन् । 

उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेबाट सुरू हुनेछ । बैठक दुई दिनसम्म चल्ने तत्कालीन एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । 

निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै विशेष महाधिवेशनको पक्षमा नउभिएका प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् 

यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए ।

छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।

खड्काले आगामी दिनमा आईपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहनसमेत अपिल गरेका थिए ।

यद्यपी गत पुस ३० गते विशेष महाधिवेशनमार्फत गगनकुमार थापा पार्टीको सभापति चयन भइसकेका छन् ।

थापा सभापति भएसँगै निवर्तमान सभापति शेरबहादुर देउवापक्षले पार्टीको आधिकारकिता आफूले पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट पनि दायर गरेको थियो। निर्वाचन आयोगले भने थापा पक्षको कांग्रेसलाई आधिकारिकता दिएको थियो। 

तरपनि नयाँ नेतृत्व चयनपछि पार्टी सत्ताबाट बाहिरिएका देउवा–डा। कोइराला समूहको तर्फबाट निकालिएको विज्ञप्तिमा खड्काले आफ्नो पद कार्यवाहक सभापति उल्लेख गर्नुका साथै पार्टीको लेटरप्याड पनि प्रयोग गरेका छन् । 

पार्टीभित्रको यस घटनाले कांग्रेस एक छैन भन्ने संका पैदा गरेको छ । 

यसैगरी आजै दिउँसो १२ बजे खड्का र नेता शेखर कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदहरुका लागि धुम्बाराहीको स्मार्ट होटलमा बधाईसहितको कार्यक्रम आयोजना गरेका छन्। 

गत शनिबार गगन पक्षको कांग्रेसले पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित सांसदलाई संसदीय सचेतना कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077