काठमाडौं । कांग्रेस नेता एवम पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
निवेदक पक्षले गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार अदालतमा रिट दर्ता गराएका रिट निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा सोमबार बहस सकिएको हो।
लेखकलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि लेखककी पत्नी यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।
अब उक्त निवेदनमा अदालतबाट आउने आदेश अनुसार थप कानुनी प्रक्रिया अघि बढ्नेछ।
यता लेखकसंगै पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा भने न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ जारी छ ।