Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पेट्रोल महँगो र भाडा सस्तो भयो भन्दै सडकमा उत्रिए राइडर

पेट्रोल महँगो र भाडा सस्तो भयो भन्दै सडकमा उत्रिए राइडर

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका संयुक्त राइडर्सहरूले राइडरहरूको हक-अधिकार र अन्य सरोकारवालाको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन थालेका छन् । 

नेपालमा सञ्चालित पठाओ, इन्ड्राइभसहितका राइड शेयरिङ कम्पनीहरूले आफूहरूलाई लामो समयदेखि शोषण गरिरहेको भन्दै उनीहरू एकीकृत भएर आन्दोलित भएका हुन् ।

चालकहरूले राइडरमाथिको शोषण बन्द गर, अन्यायदविरुद्ध हाम्रो आन्दोलन जारी छ र शोषणको अन्त्य गर जस्ता नारा लगाएका छन् ।

पेट्रोलको मूल्य बढेसँगै भाडा समायोजन गर्नु पर्ने जस्ता माग राखेर सोमबार माइतीघर मण्डलाबाट सुरु भएको बाइक र्‍याली त्रिपुरेश्वर, जमल, कमलपोखरी, बानेश्वर हुँदै तिनकुनेसम्म पुगेको थियो।

उनीहरूले बीमा राम्रोसँग लागू गर्नु पर्ने, कम्पनीले कमिसन घटाउनु पर्ने, १ किलो मिटरकोे २७ रुपिँया तोक्नु पर्ने लगायतका माग पनि अघि सारेका छन् । 

उनीहरुले उठाएका मागहरू पूरा नभए राइड सेयरिङ सेवा नै पूर्ण रूपमा बन्द गर्ने चेतावनी पनि दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077