Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुग्लिङ–नागढुंगा सडकमा ३ रात सवारी बन्द

मुग्लिङ–नागढुंगा सडकमा ३ रात सवारी बन्द

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । देशकै व्यस्त सडक खण्डमध्ये एक मुग्लिङ–नागढुंगा सडकमा आगामी ३ दिन रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भोलिदेखि लागू हुने गरी लगातार तीन रात, राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइनेछ।

प्रशासनका अनुसार मुग्लिङ–नागढुंगा सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायत विभिन्न स्थानमा सडक स्तरोन्नति कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

उक्त निर्माण कार्यलाई प्रभावकारी बनाउन रातिको समयमा सडक बन्द गर्ने निर्णय गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा का अनुसार एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सबै प्रकारका सवारी साधनलाई उक्त समयमा सञ्चालन गर्न नदिइनेछ।

उनले भने, 'निर्माणका क्रममा पटक–पटक सवारी रोकिनुपर्दा यात्रुहरूले झनै समस्या भोगिरहेका छन्। त्यसैले निश्चित समय तोकेर काम सकेर सहज बनाउने प्रयास गरिएको हो।'

प्रशासनले यात्रु तथा सवारी चालकलाई रातिको समयमा यात्रा नगर्न वा वैकल्पिक योजना बनाउन आग्रह गरेको छ।
विशेषगरी लामो दूरीका सवारीलाई समय मिलाएर यात्रा गर्न सुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077