Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजबाट मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

आजबाट मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा नेपालको न्यायपालिकाको नेतृत्व सम्हालेकी छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाशमा गएपछि वरिष्ठताका आधारमा मल्ल स्वतः सर्वोच्च अदालतको नेतृत्वमा पुगेकी हुन्।

राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए भने त्यसअघि उनी सर्वोच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताका रूपमा लामो अनुभव बोकेका थिए।

वरिष्ठतम न्यायाधीश मल्लको नेतृत्वसँगै नेपालको न्यायपालिकामा ऐतिहासिक निरन्तरता थपिएको छ।

उनी अब नेपालको दोस्रो महिला प्रधानन्यायाधीश बन्ने बाटोमा अघि बढेकी छन्। यसअघि सुशीला कार्कीले पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास रचेकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077