काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्।
प्रधानन्यायाधीश राउत ६५ वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।
राउत २०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए।
तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि उनी नियुक्त भएका हुन्। राउतले कानुन व्यवसायमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशको रूपमा ८ वर्ष बिताएका छन्।
उनले अवकाश पाएसँगै सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएकी छन्।
न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठताका आधारमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम संवैधानिक परिषद्मा पठाएको छ ।
न्यायपरिषद्ले सिफारिस गरेका नाममध्येबाट एक जना प्रधानन्यायाधीशमा नियुक्ति हुनेछन् ।