काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।
छलफलमा भएका विषयबारे जानकारी गराउँदै रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले शीर्ष नेताहरूले शुभकामना दिनेबारे पनि छलफल भएको बताए ।
उनले भने–‘पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना दिने कुरा छ । त्यसमा समय निर्धारण गरेर अघि बढ्ने भन्ने कुरा छ ।’
बैठकपछि बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले पनि दलका नेताहरूबाट सम्बोधन हुने बताए । उनले भने–‘भोलि पहिलो अधिवेशनको शुभारम्भ हो । त्यसमा दलहरूको तर्फबाट मन्तव्य र शुभकामना रहने छ ।’