Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी विद्रोहका मुद्दा निष्कर्षमा पुर्‍याउन काँग्रेस प्रतिबद्ध छ: भीष्मराज आङ्देम्बे

जेनजी विद्रोहका मुद्दा निष्कर्षमा पुर्‍याउन काँग्रेस प्रतिबद्ध छ: भीष्मराज आङ्देम्बे

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं। नेपाली काँग्रेसका सांसद भीष्मराज आङ्देम्बेले जेनजी विद्रोहले उठाएका मुद्दा निष्कर्षमा पुर्‍याउने आफ्नो पार्टी प्रतिबद्धता रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी दलको तर्फबाट धारणा राख्दै आङ्देम्बेले जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई समर्थन गर्ने र आवश्यक चेतावनी दिन तयार रहेको जानकारी गराएका हुन्।

उनले भने- 'आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो ।यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन् । भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।'

उनले विशेष महाधिवेशनमार्फत विभिन्न दृष्टिकोणलाई आत्मसात् गर्दै निर्णय पारित भएको स्मरण पनि गराएका छन्।

उनका अनुसार, पार्टीले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेर समय र समाज अनुसारको रूपान्तरणको प्रक्रिया अघि बढाइसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077