Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पश्चिम एसियामा फसेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडानको व्यवस्था

पश्चिम एसियामा फसेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडानको व्यवस्था

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं। सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र सुरक्षित आवागमनका लागि विशेष उडानको व्यवस्था गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धारका लागि आजदेखि विशेष उडान सञ्चालनको व्यवस्था गरेको हो ।

शुक्रबार परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले प्रेस ब्रिफिङको आयोजना गर्दै मध्यपूर्वमा सहज आवागमन र स्वदेश फर्कन चाहने नागरिकका लागि तीन दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिए।

उनकाअनुसार शुक्रबार काठमाडौं-दुबई, शनिबार दुबई-काठमाडौं, आइतबार काठमाडौं-दमाम, आइतबार दमाम-काठमाडौं उडान हुनेछन् ।

जसका लागि हालसम्म साउदीबाट ६५० जना, १५० जना रबहराइनबाट करिब १०० जना नेपाल र्फकन इच्छुक रहेका छन् ।

प्रवक्ता क्षेत्रीका अनुसार प्रिबुक भएका तथा नेपाल फर्कन चाहने नागरिकहरुलाई फिर्ता ल्याइने छ ।

त्यस्तै नियोगको सिफारिसमा पाँच जनासम्मलाई नियमित भाडादरमा टिकट उपलब्ध गराउन अनुरोध गरिएको समेत प्रवक्ता क्षेत्रीको भनाइ छ । 

यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

पश्चिम एसियामा विद्यमान सुरक्षा परिस्थितिका कारण नियमित उडान २८ फेब्रुअरी २०२६ देखि स्थगित भएका छन्। 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077