Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प: ८ जनाको मृत्यु, केहि घाइते

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प: ८ जनाको मृत्यु, केहि घाइते

शनिवार , चैत्र २१, २०८२

एजेन्सी। अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो ।

यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केहि घाइते भएका छन् । कम्पनको तीव्रता शहरमा पनि महसुस गरिएकोले स्थानीय बासिन्दा ठूलो डरमा परेका थिए ।

भूकम्पको केन्द्रबिन्दु १८६.४ किलोमिटर गहिराइमा रहेको पाइएको छ । गहिरो केन्द्रबिन्दुका कारण सतहमा व्यापक क्षति सीमित रहन सक्छ भन्ने अनुमान गरिएको भए पनि घर भत्किनु र मानिसहरूको मृत्यु हुनुले घटनाको गम्भीरता देखाउँछ ।

यो भूकम्पले स्थानीय बासिन्दाको जीवनमा ठूलो असर पुर्‍याएको छ । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य तत्काल सुरु गरिएको छ ।

स्थानीय अधिकारीहरूले भूकम्पपीडितलाई सुरक्षित स्थानमा सार्ने र घाइतेलाई उपचारको व्यवस्था गर्ने कामलाई प्राथमिकता दिइरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077