Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापामा छतबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

झापामा छतबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

शनिवार , चैत्र २१, २०८२

झापा । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्य रहेकी छिन् ।

आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भिर घाइते भएकी थिइन् ।

उनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077