Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आइतवार पनि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, कार्यालय समय ९ देखि ५

आइतवार पनि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, कार्यालय समय ९ देखि ५

'भोलिबाटै लागू हुने'

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले इन्धन अभावका कारण आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले चैत २३ गते सोमबारबाट सरकारी कार्यालय र शैक्षिक संस्थाहरुलाई शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार शैक्षिक संस्था बाहेक सरकारी कार्यालयहरु बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछन् ।

'पेट्रोलियम आपूर्तीमा भएको असहजताका कारण ०८२ साल चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने । त्यस्तै शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने,' उनले भने ।

यस्ता छन् बाँकी मुख्य निर्णयहरूः

–पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राख्दै अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने।

–आगामी शैक्षिक सत्र बैशाख १५ गतेबाट सुरु गर्ने। 

–डिजिटल नेपालका लागि विश्व बैठक र एसियाली बिकास बैंकबाट प्राप्त ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077