Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी सांसद लीला भण्डारीको उम्मेदवारी

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी सांसद लीला भण्डारीको उम्मेदवारी

आइतवार , चैत्र २२, २०८२

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमाले सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएका छन्।

संघीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो। 

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दंगाल रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीकी पूजा चौधरी छन्। 

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवारी दिन आइतबार २ः३० देखि ३ः३० बजेसम्मको समय दिइएको थियो ।

प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि संसदको माथिल्लो सदन राष्ट्रियसभामा प्रतिनिधित्व नभएका कारण चुनावमा बढारिएका कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभामा अघि बढ्ने सहमतिका साथ एमालेकी भण्डारीलाई अघि सार्ने निर्णय गरेका थिए ।

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गराएकी हुन् ।

यसैगरी राष्ट्रिय सभामा कांग्रेस,कम्युनिस्ट र मधेश केन्द्रित दलहरुले गरेको भागबण्डामा कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास आर्थिक मामिला समितिको सभापति पाएको छ ।

नेकपाले संघीयता सबलीकरण समिति र जसपाले सार्वजनीतिक नीति तथा प्रत्यायोजन विधायन समितिको सभापति पाएको छ । राष्ट्रिय सभाको अध्यक्ष यसअघि नै माओवादीका नारायण दाहाल छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077