Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

केपी ओलीको बयान - सेनाबाट सहयोग नपाएपछि राजीनामा दिएँ

केपी ओलीको बयान - सेनाबाट सहयोग नपाएपछि राजीनामा दिएँ

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आपतकालीन अवस्थामा नेपालाी सेनाले सहयोग नगरेपछि राजीनामा दिएको बताएका छन् ।

ओलीले अदालतलाई दिएको बयानमा सेनासँग भदौ २४ गते सहयोग माग्दा अपेक्षित समान्व्य हुन नसकेपछि राजीनामा दिनुपरेको बताएका हुन्।

प्रहरीको हिरासतमा रहेका ओलीले सरकारी वकिलसमक्ष आफ्नो इनकारी बयान दिएका छन् भने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई भइरहेको छ । 

ओलीले भदौ २३ र २४ को घटना नेपाल राष्ट्रविरुद्धको षडयन्त्र भएको र सो घटनाको शुरुदेखि अन्तिमसम्मका सबै कुराको निष्पक्ष छानवीन हुनुपर्ने बताएका छन् । ओलीले प्रधानमन्त्रीले गोली चलाउन आदेश दिने कानून नरहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

ओलीले भनेका छन्–‘शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र किन यस्तो द्वन्द्व सिर्जना भयो भन्नेबारे छानबिन हुनुपर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्किनु हुँदैन। घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबै राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म माथि निष्पक्ष कारबाही हुनुपर्छ।’

यद्यपी ओली अहिले टिचिङ अस्पतालमा उपचार गराइरहेका छन् । उनले एक दिन पनि प्रहरी हिरासतमा विताउनु परेको छैन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077