काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैदेशिक ऋणबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता समेत भएको बताएका छन् ।
तर, विगतमा विदेशी ऋणकै कारण देश डुब्ने भन्दै आलोचना गर्नेहरू अहिले आफैं ठूलो मात्रामा ऋण लिइरहेको विषयले स्वाभाविक रूपमा प्रश्न उठाएको उनको भनाइ छ ।
पोखरेलले सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट रूपमा प्रस्तुत नगरी ऋण लिइनु गम्भीर विषय भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'हिजो विदेशी ऋणको विरोध गर्नेहरू आज किन स्वीकार गरिरहेका छन् ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनुपर्छ।'