Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्रीहरुको वरियता हेरफेर, श्रममन्त्री साह अन्तिममा

मन्त्रीहरुको वरियता हेरफेर, श्रममन्त्री साह अन्तिममा

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । संघीय मन्त्रिपरिषद्‌को वरीयता हेरफेर गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले क्याविनेटको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम यही चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् ।

नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल छन् भने चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यसअघि तेस्रो वरीयतामा रहेका सुधन गुरुङ भने पाँचौ स्थानमा झरेका छन् । 

त्यसैगरी यसअघि १५ नम्बरमा रहेकी सीता वादी आठौं स्थामा उक्लिएकी छिन् । श्रममन्त्री दिपक कुमार साह भने अन्तिममा झरेका छन् । 

अन्य मन्त्री को कति नम्बरमा छन् हेर्नुहोस् सूची:

bariyata herfer.jpg

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077