Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किरण पण्डितले लिए डेपुटी गभर्नरको शपथ, सम्हाले जिम्मेवारी

किरण पण्डितले लिए डेपुटी गभर्नरको शपथ, सम्हाले जिम्मेवारी

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् ।

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष आयोजित समारोहमा उनले शपथ लिएका हुन् ।

शपथ लगत्तै पण्डितले पदबहाली समेत गरेका छन् । पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंक प्रवेश गरेका थिए।

त्यसयता उनी निरन्तर उकासिँदै २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

कार्यकारी निर्देशकका रूपमा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागजस्ता महत्वपूर्ण निकायको नेतृत्व सम्हालेका थिए।

साथै, राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी पनि उनले प्रभावकारी रूपमा निर्वाह गरेका थिए। सरकारले मंगलबार उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077