Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फरार भाइलाई जोगाएको आरोप खेपेका हिमालयन बैंकका सीइओ राणा राष्ट्र बैंकको कारबाहीमा

फरार भाइलाई जोगाएको आरोप खेपेका हिमालयन बैंकका सीइओ राणा राष्ट्र बैंकको कारबाहीमा

सोमवार , जेठ ४, २०८३


काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन विपरीत काम गरेको भन्दै हिमालयन बैंकलाई कारबाही गरेको केन्द्रीय बैंकले जनाएको छ । 

उक्त बैंकलाई निर्देशनहरु पालना नगरेको ठहरसहित सञ्चालक समिति र सीईओलाई सचेत गराउँदै सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा समेत गराईएको छ । 

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा केन्द्रीय बैंकको सुपरीक्षण विभागले सार्वजनिक गरेको विवरणमा हिमालयन बैंकमाथि कारबाही गरिएको उल्लेख छ ।

१४ वर्ष अघि थापाथलीको २७ आना जग्गा हत्याएका हिमालयन बैंकका सीइओ राणाका भाइसहित दुइ जना फरार, दुइ पक्राउ १४ वर्ष अघि थापाथलीको २७ आना जग्गा हत्याएका हिमालयन बैंकका सीइओ राणाका भाइसहित दुइ जना फरार, दुइ पक्राउ

राष्ट्र बैंकका अनुसार जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट दिएको पाइएको छ । उक्त छुट रकम बक्यौता ब्याज तथा साँवा भुक्तानीमा प्रयोग गरिएको समेत निरीक्षणमा देखिएको छ ।

त्यस्तै, बैंकले तोकिएको समयसीमा नाघिसकेपछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम मात्रै असुल गरी कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

निरीक्षणका क्रममा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरिएका कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्रै सोही वर्गमा राखी अन्य साँवा रकमलाई असल कर्जाकै रूपमा वर्गीकरण गरिएको तथा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भेटिएको हो ।

यसबाहेक केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि थपिएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जामा वर्गीकरण नगरेको तथा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नराखिएको राष्ट्र बैंकको निष्कर्ष छ ।

एकीकृत निर्देशन, २०८१ को व्यवस्था उल्लंघन भएको ठहर गर्दै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २ (क) बमोजिम हिमालयन बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको जनाएको छ ।

साथै, ऐनको दफा १०० उपदफा १ (ख) बमोजिम जारी निर्देशन उल्लंघन गरेबापत बैंक सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न कबुलियतनामा समेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको कारबाहीमा भनिएको छ-‘हिमालयन बैंक लिमिटेडको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणको क्रममा बैंकले सीमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा ब्याक डेटबाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको, बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनर्तालिकीकरण/पुनर्संरचना गरेको, पुनर्तालिकीकरण/पुनर्संरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनर्तालिकीकरण/पुनर्संरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएकोले यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।’

हाल हिमालयन बैंकको सीइओमा आशोक राणा छन् । २०८० चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई २०८१ बैशाख ९ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि दोस्रो पटक सीईओमा नियुक्त गरेको थियो । 
राणा यसअघि पनि विवादमा तानिएका थिए । सीइओ राणामाथि थापाथलिको २७ आना जग्गा हत्याएर फरार भएका उनका भाइ अमरशमशेर राणालाई जोगाएको आरोप लाग्दै आएको छ । 

फरार रहेका अमरशमशेर नेपालकै पहिलो गभर्नर हिमालय शमशेर राणाका छोरा तथा हिमालयन बैंकका सीइओ अशोक राणाका भाइ हुन् । अमरशमशेरलाई सीइओ राणाले नै जोगाउँदै आएको पीडित पक्षको दावी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077