Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

होर्मुज जलमार्ग खोल्नेसम्बन्धी राष्ट्रसंघको प्रस्तावमा रुस र चीनको ‘भिटो’ !

होर्मुज जलमार्ग खोल्नेसम्बन्धी राष्ट्रसंघको प्रस्तावमा रुस र चीनको ‘भिटो’ !

बुधवार , चैत्र २५, २०८२

एजेन्सी । विश्व ऊर्जा आपूर्तिको ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्गमा सुरक्षा सुनिश्चित गर्न ल्याइएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव रुस र चीनको भिटोपछि असफल भएको छ ।

यस घटनाले मध्यपूर्वको बढ्दो तनावबीच विश्व बजारमा थप अनिश्चितता थपिएको छ । मंगलबार भएको मतदानमा बहराइनले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सुरक्षा परिषद्का १५ मध्ये ११ सदस्यले समर्थन गरेका थिए भने दुई सदस्य तटस्थ बसेका थिए ।

तर स्थायी सदस्य रुस र चीनले प्रस्तावविरुद्ध मतदान गरेपछि मस्यौदा पारित हुन सकेन । रुस र चीनले उक्त प्रस्ताव इरानप्रति ‘पूर्वाग्रही’ रहेको आरोप लगाउँदै विरोध गरेका हुन्। उनीहरूले यो प्रस्तावले क्षेत्रीय तनाव घटाउनुको सट्टा झन् बढाउने तर्क गरेका छन् ।

प्रस्तावमा होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक ढुवानीको सुरक्षा सुनिश्चित गर्न प्रभावित राष्ट्रहरूबीच समन्वयात्मक र आवश्यक परे सैन्य प्रकृतिका कदम चाल्न आग्रह गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077