Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चैत २७ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

चैत २७ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा यो सम्बोधन गर्न लागेका हुन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपति सङ्घीय संसद्का कुनै एक वा दुवै सदनको बैठकलाई सम्बोधन गर्न र सदस्यहरूको उपस्थितिको आह्वान गर्न सक्ने अधिकार राख्छन् ।

यस सम्बोधनमा राष्ट्रपतिले देशको वर्तमान राजनीतिक अवस्था, सरकारका प्राथमिकता तथा आगामी नीति र कार्यक्रमबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ।  

649138493_1269147924765712_7003404938816414132_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077