Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पश्चिमा शक्तिहरूले नै बालेन सरकार निर्माण गरेको बादलको आरोप

पश्चिमा शक्तिहरूले नै बालेन सरकार निर्माण गरेको बादलको आरोप

बुधवार , चैत्र २५, २०८२

कास्की । नेकपा एमालेका कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले बालेन्द्र साह नेतृत्वको वर्तमान सरकारलाई बारबरा सरकारको उपमा दिँदै त्यसको निर्माणमा पश्चिमी शक्तिहरूको भूमिका रहेको गम्भीर आरोप लगाएका छन् ।

बुधबार पोखरामा आयोजित एमाले कार्यकर्ता भेलामा उनले भदौ २३ र २४ को घटनालाई योजनाबद्ध क्रियाकलापको रूपमा वर्णन गर्दै टीओबी समूहहरूको सक्रियता, ‘फ्री तिब्बत’ नाराको प्रचलन र दलाई लामाको शुभकामना पश्चिमी शक्तिहरूको सृजित हस्तक्षेप भएको दावी गरे।

उनले भने, 'त्यो क्रान्ति होइन, डीपस्टेटद्वारा प्रायोजित निर्वाचित सरकारको तख्ता पल्टाइएको घटना हो। यसै अभियानमा नेताहरूको निवास र पार्टी कार्यालयहरू जले, जसले बाह्य हस्तक्षेप स्पष्ट देखाउँछ।'

बादलले पार्टीभित्रका असहमतिको विषयलाई पनि खुलस्त गर्दै भित्रका र बाहिरका ‘दुश्मन’ एकजुट भएको बताए।

उनले मुख्य लक्ष्य अध्यक्ष केपी शर्मा ओलीलाई जेलबाट मुक्त गर्नु रहेको र पार्टीलाई आन्तरिक तथा बाह्य चुनौतीहरूबाट सुरक्षित राख्न निरन्तर आन्दोलन जारी राख्ने बताए।

उनले बाह्य सेनाको हस्तक्षेप, एसपीपी र नेटोसँग सम्बन्धित योजनाबारे पनि चिन्ता व्यक्त गर्दै, नेपाललाई सैनिक अड्डा बनाउन र तिब्बतमा विद्रोह उक्साउने उद्देश्य रहेको आरोप लगाए ।

बादलले पार्टी नेतृत्व परिवर्तनका लागि आन्तरिक संवाद र महाधिवेशन आवश्यक रहेको बताएका छन्। उनका अनुसार, 'विजय संघर्षबाट मात्र प्राप्त हुन्छ, सदन र सडक दुबैबाट आन्दोलन जारी रहनुपर्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077