Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाको भूमिकाबारे बादलले उठाए गम्भीर प्रश्न, रास्वपा र राप्रपाले जनाए आपत्ति

सेनाको भूमिकाबारे बादलले उठाए गम्भीर प्रश्न, रास्वपा र राप्रपाले जनाए आपत्ति

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)ले आपत्ति जनाएका छन् ।

मंगलबार पार्टीको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता बादलले सेनाको भूमिकामाथि गरेको टिप्पणीप्रति राप्रपाकी सांसद खुस्बु ओलीले आपत्ति जनाएको हुन् ।

'नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार हो । यो उहाँबाट निरन्तर भइरहेको छ त्यसमा म खेदल प्रकट गर्न चाहन्छु,' उनले भनिन् ।

त्यसअघि, रास्वपाका सांसद मनिष खनालले पनि रास्वपाबारेको टिप्पणीमा आपत्ति जनाएका थिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले रास्वपालाई ‘अराजक जमातहरूको अस्थायी गठजोड’ जस्ता शब्द प्रयोग गर्दै आलोचना गरेका थिए ।

सार्वभौम जनताबाट निर्वाचित भएर आएकाहरूलाई अराजक भीड भन्नु अपमानजनक रहेको भन्दै उनले नियमापति गरेका हुन् ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रास्वपा अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको बताएका थिए।

यसैगरी बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका थिए ।

'देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ? अहिले लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ,' प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले भनेका थिए ।

बादलको सोही अभिव्यक्तिलाई लिएर राप्रपा सांसद ओली र रास्वपा सांसद  खनालले आपत्ति जनाएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077