Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बादलले फस्टम्यानको पगरी धान्न नसक्ने अवस्था देखियो, जिम्मेवारीबारे सोच्नु आवश्यक : खिमलाल भट्टराई

बादलले फस्टम्यानको पगरी धान्न नसक्ने अवस्था देखियो, जिम्मेवारीबारे सोच्नु आवश्यक : खिमलाल भट्टराई

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको छ ।

बुधबार पोखरामा आयोजित कास्की जिल्ला भेलामा बादलले पार्टीभित्रका दक्षिणपन्थी उजागर भएको र वडावडाबाट ‘दुश्मन’विरुद्ध घेरा हाल्नुपर्ने बताएका थिए ।

तर यी अभिव्यक्तिले पार्टीका स्थापित मूल्य, मान्यता र विचारधारासँग मेल नखाने भन्दै केन्द्रीय सदस्य खिमलाल भट्टराईले आपत्ति जनाएका छन्।

'सामाजिक सञ्जालमार्फत भट्टराईले भने, हाम्रो पार्टीमा ‘कब्जा’, ‘आक्रमण’, ‘दुश्मन’ जस्ता शब्दावली छैनन्। हामी शान्तिपूर्ण प्रतिस्पर्धाबाट जनताको मन जित्छौं, कब्जा होइन। एमालेको संघर्ष नीति यही हो। कार्यवाहक अध्यक्षले प्रयोग गरेको भाषा पार्टी नीति र स्कुलिङसँग मेल खाँदैन।'

उनले व्यक्तिगत रूपमा बादललाई सैद्धान्तिक चेत भएका, भद्र र कम बोल्ने नेता ठानेको बताए। तर पछिल्लो भाषणले पुरानो द्वन्द्वकालीन शैलीको चिन्तन देखाएको र पार्टीको वर्तमान अवस्थाबारे वास्तविक मूल्याङ्कन नगरेको भट्टराईले बताएका छन्।

भट्टराईले बादलको अभिव्यक्तिले वर्तमान पार्टीको अवस्था बुझ्न नसकेको र कार्यकर्ता परिचालनको सही तरीका पनि ठम्याउन नसकेको देखाएको बताएका छन्।

उनले भने, 'फस्टम्यानको पगरी धान्न नसक्ने अवस्था देखियो। पार्टी अध्यक्ष र सचिवालयले जिम्मेवारीबारे सोच्नु आवश्यक छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077