'दासढुंगा घटनालाई निरन्तरता दिन देशीविदेशी शक्तिहरू षड्यन्त्र गर्दैछन्'
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताएका छन् ।
आज मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदन नगरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशीविदेशी शक्तिहरूले पार्टी र ओलीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेकाले दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताएका हुन् ।
उनले भने- 'अहिलेका सरकारका निर्णयहरु हेर्नुस् । हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस् । यी सबै घटनाक्रमहरु दासढुंगादेखि यहाँसम्मका घटनाक्रमहरुले हामीलाई के संकेत गरेको छ भने नेकपा एमालेको रक्षाको निम्ति देशीविदेशी शक्तिहरुले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले संचालन गरेका छन् । नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।'
थापाले जेनजी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय, पार्टी अध्यक्ष ओलीमाथि भइरहेका षडयन्त्रहरूलाई हेर्दा ती सबै घटनाक्रमहरू दासढुंगा हत्याकाण्डकै निरन्तरताको रूपमा रहेको दाबी गरे ।