Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कानुनमन्त्री सोविता गौतमको सम्पत्ति कति छ ?

कानुनमन्त्री सोविता गौतमको सम्पत्ति कति छ ?

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै काठमाडौं र चितवनमा घर रहेको उल्लेख गरेकी छन् ।

आइतबार सार्वजनिक गरिएको प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरणमा यस्तो देखिएको हो।

गौतमले बुझाएको विवरणअनुसार उनका श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौं महानगरपालिका–३ र भरतपुर महानगरपालिका–१५ मा घर रहेको छ।

चल सम्पत्तितर्फ उनीसँग १५ तोला सुन र १० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ। बैंक मौज्दाततर्फ मन्त्री गौतमले विभिन्न बैंकमा रहेको रकमसमेत खुलाएकी छन्।

उनका अनुसार एनआईसी एशिया बैंक मा ३ लाख ६८ हजार ८६७ रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार ७६७ रुपैयाँ, माछापुच्छ्रे बैंक मा १ लाख ४४ हजार ५५३ रुपैयाँ, ग्लोबल आईएमई बैंकमा ८ हजार २७४ रुपैयाँ र एक वाणिज्य बैंकमा ४६ हजार ८७४ रुपैयाँ रहेको छ।

लगानीतर्फ उनले ग्लोब ट्रट हिमालय टुर्स एन्ड ट्रेक्समा ५० प्रतिशत सेयर स्वामित्व रहेको उल्लेख गरेकी छन्। साथै, सोपान मल्टिपल कम्पनीमा ६ हजार ५०० कित्ता शेयर रहेको पनि विवरणमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077