Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा पँहेलपुर तोरी, देश लंका बनेछ : बास्कोटा

गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा पँहेलपुर तोरी, देश लंका बनेछ : बास्कोटा

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको गहना विवरण देखेर देश लंका बनिसकेको भन्दै टिप्पणी गरेका छन्। 

प्रधानमन्त्री, मन्त्रीहरूले सुनका गरगहनासहितको सम्पत्ति विवरण सार्वजनिक गरेपछि उनले गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेको भन्दै टिप्पणी गरेका हुन्।

उनले भनेका छन्–‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाइलो भयो। देश लंका बनिसकेछ। डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ ।’

सम्वृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ हुने भनेर कटाक्ष गर्दै उनले भनेका छन्–‘म झनै खुसी किन कि जहाँ कंगाल त्यहीँ चाण्डाल भन्थे, त्यो दुर भएछ। झिक्कै झिक्कै मया तम्लाई ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077