Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिन्द महासागरमा आप्रवासी बोकेको डुंगा पल्टियो, २५० जना बेपत्ता

हिन्द महासागरमा आप्रवासी बोकेको डुंगा पल्टियो, २५० जना बेपत्ता

बुधवार , बैशाख २, २०८३

एजेन्सी । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय का अनुसार उत्तरपूर्वी हिन्द महासागरस्थित अन्डमान सागरमा डुंगा पल्टिँदा बालबालिकासहित करिब २५० रोहिंग्या र बंगलादेशी यात्रु बेपत्ता भएका छन्।

समाचार एजेन्सीहरूका अनुसार बंगलादेश बाट मलेसिया जाँदै गरेको माछा मार्ने डुंगा तीव्र हावा, खराब समुद्री अवस्था र अत्यधिक भीडका कारण दुर्घटनामा परेको हो।

एएफपी लाई बंगलादेश तटरक्षक ले दिएको जानकारीअनुसार अप्रिल ९ मा एउटा उद्धार टोलीले नौ जनालाई जीवितै उद्धार गरेको थियो। तर डुंगा कहिले पल्टियो भन्ने यकिन विवरण अझै खुल्न सकेको छैन।

म्यानमार को अल्पसंख्यक समुदाय रोहिंग्याहरू सन् २०१७ मा भएको हिंसात्मक कारबाहीपछि ठूलो संख्यामा बंगलादेश पलायन भएका थिए। नागरिकता नपाएका कारण उनीहरू अझै पनि असुरक्षित जीवन बिताइरहेका छन्।

बंगलादेशका शरणार्थी शिविरहरूमा कठिन परिस्थितिका कारण धेरै रोहिंग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गर्दै मलेसिया पुग्ने प्रयास गर्ने गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077