Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी सरकारको मन्त्रिपरिषद् फेरबदल, कांग्रेस-एमालेमा बराबर भागबन्डा

गण्डकी सरकारको मन्त्रिपरिषद् फेरबदल, कांग्रेस-एमालेमा बराबर भागबन्डा

बुधवार , बैशाख २, २०८३

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् फेरबदल गरिएको छ ।

मंगलबार नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ । 

मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ । जस अनुसार गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचन आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्की कृषि भूमि व्यवस्था सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री, नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।

यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा, वनमा भेषबहादुर पौडेल, ऊर्जा, जलस्रोतमा मुख्यमन्त्री पाण्डे, कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए ।

नयाँ मन्त्रीहरूले शपथसमेत लिइसकेका छन् । मुख्यमन्त्री पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077