Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मन्त्री बन्न नपाएपछि कांग्रेसका प्रदेश सांसद कुँवरले दिए राजीनामा

मन्त्री बन्न नपाएपछि कांग्रेसका प्रदेश सांसद कुँवरले दिए राजीनामा

बुधवार , बैशाख २, २०८३

पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद दोर्णकुमार कुँवरले प्रदेश सदस्य पदबाट राजीनामा दिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गरेर पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा दुबै दलले ४/४ वटा मन्त्रालय पाएका छन् । 

पुनर्गठनपछि मन्त्रीका प्रमुख आकांक्षी मानिएका कुँवरले मन्त्रीमा समावेश हुन नपाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। 

कुँवरले आजैदेखि लागू हुने गरी सभामुख समक्ष लिखित राजीनामा बुझाएका छन् ।

बागलुङ-२ बाट निर्वाचित उनले आफ्नो राजीनामामा आफूलाई विश्वास गरेर निर्वाचित गराउने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

'मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीको६ नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल  सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु,' कुँवरले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077