Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन रोकियो

बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन रोकियो

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । बीपी राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपालतर्फको सवारी आवागमन ठप्प भएको छ।

रोशी खोलामा शनिबार राति आएको आकस्मिक बाढीले सडकका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि यातायात पूर्णरूपमा प्रभावित बनेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कटुन्जेदेखि मंगलटार सडकखण्डअन्तर्गत घुमाउनेसहितका मुख्य डाइभर्सनहरू बगाउँदा सवारी साधन सञ्चालन असम्भव बनेको छ।

वर्षासँगै बढेको पानीको बहावले अस्थायी संरचनामा क्षति पुर्‍याएपछि सडक मर्मत गर्न समय लाग्ने देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्था अझै जोखिमपूर्ण रहेकाले तत्काल यात्रा नगर्न तथा अत्यावश्यक परेमा अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

मर्मत कार्य सुरु गरिए पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077