Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाढी र पहिरोले विपी राजमार्ग ठप्प, धेरै मार्गमा जोखिम कायमै

बाढी र पहिरोले विपी राजमार्ग ठप्प, धेरै मार्गमा जोखिम कायमै

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षा, बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्गहरूमा यातायात आवागमन गम्भीर रूपमा प्रभावित भएको छ ।

नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

काभ्रेपलान्चोक जिल्ला हुँदै जाने विपी राजमार्ग बाढीका कारण ठप्प भएको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाका विभिन्न स्थानमा आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको हो। साथै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा पनि जोखिम उच्च भएपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

ललितपुर–मकवानपुर जोड्ने कान्तिलोकपथ पहिरो हटाएपछि सञ्चालनमा आएको छ भने अरनिको राजमार्ग पनि हाल सुचारु रहेको प्रहरीले जनाएको छ।

इलाम जिल्लामा निरन्तर वर्षाका कारण इलाम रोड र झापा जोड्ने भित्री कच्ची सडक पूर्ण रूपमा बन्द भएका छन्।

भोजपुर जिल्लास्थित मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा बाढीका कारण एकतर्फी मात्र सवारी चलिरहेको छ।
यस्तै ताप्लेजुङ जिल्लाको सुकिम्बा–दोभान सडक भने पहिरो हटेपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

म्याग्दी जिल्लाको बेनी–जोमसोम सडक र लमजुङ जिल्लामा पर्ने मध्य पहाडी लोकमार्गका विभिन्न खण्डहरूमा पहिरोका कारण एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ। बिमिरेभञ्ज्याङ क्षेत्रमा त केही दिनदेखि निरन्तर अवरोध कायमै छ।

अहिले पनि धेरै स्थानमा बाढी र पहिरोको जोखिम उच्च रहेकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित ट्राफिक प्रहरी वा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरेर सडक अवस्थाबारे जानकारी लिन सुरक्षा निकायले आग्रह गरेका छन्।

683434668_1469986224572518_6073057922172999023_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077