Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख अर्यालद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श

सभामुख अर्यालद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल गरेका छन् ।

बुधबार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसंग सभामुखले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

कुटनीतिक राहदानीको माग सांसदहरुले गरिरहेका बेला त्यसको दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले जानकारी गराइन् ।

प्रमुख सचेतक ओलीले भनिन्- 'विभिन्न प्रतिनिधिसभा सदस्यहरुले कुटनीतिक राहदानीको माग आइरहेका बेला त्यसलाई कसरी अगाडि बढाउने भनेर हामी सबै पार्टीका सचेतक, प्रमुख सचेतक सभामुखले बोलाउनुभएको थियो । यसमा राहदानी ऐन, २०७६ ले र नियमावलीअनुसार विशेष सरकारी कार्यक्रमहरुमा वा विशेष काममा जाँदा तोकेका पदाधिकारीहरुले मात्रै पाउने कुरा रहेछ । तर धेरै माननीयहरु विभिन्न कारणले विदेशमा जानुपर्ने भएकाले अहिलेको ऐन र नियम अनुसार अहिलेको नियम र ऐन र नियमावलीमा चाहीँ त्यो दिन नमिल्ने भएकाले आगामी दिनमा माननीयजीहरुलाई कसरी सहजीकरण गर्ने भनेर राय सल्लाह विभिन्न दलका तर्फबाट लिनका लागि बोलाउनु भएको हो ।'

विगतमा सांसदहरुले नै कुटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श सुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमती गरिएको पनि उनले बताइन् ।

छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि कुटनीतिक राहदानीको प्रयोग सम्बन्धि विद्यमान कानून व्यवस्था बारे व्रिफिङ गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077