काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा नआउने आउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा विपक्षी दलका नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान दोहोर्याएकोपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् ।
सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने- 'आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्ने कुरा छ।'
सभामुखले आजको कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै प्रधानमन्त्रीसँग आफूले संवादपछि भोलिको कार्यक्रम तय गर्ने बताए ।
आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो। तर अंतिम समयमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो।
त्यसपछि विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने सदन अवरोध गरेका थिए ।
अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित समेत गरेका थिए ।