Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्ड भन्छन्- महाधिवेशनबाट युवालाई नेतृत्व दिएर हामी नयाँ भूमिकामा जान्छौँ

प्रचण्ड भन्छन्- महाधिवेशनबाट युवालाई नेतृत्व दिएर हामी नयाँ भूमिकामा जान्छौँ

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी महाधिवेशनबाट युवालाई नेतृत्व गर्न अवसर दिने बताएका छन्।

बुधबार पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै यस्तो भनेका हुन् ।

उनले भने- ‘महाधिवेशनबाट युवा नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताहरूले पनि नयाँ भूमिकामा प्रस्तुत हुने गरी छलफल गर्दैछौं। 

प्रचण्डले असोज महिनाभित्र महाधिवेशन गरेर पार्टी पुनर्गठन गर्ने तयारी भइरहेको बताए।

साथै उनले अहिले मन्त्री र प्रधानमन्त्री हुन नपाए पनि पार्टीलाई सच्याएर अगाडि बढाउने अवसर प्राप्त भएको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077