Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मलाई पक्राउ गर्नु पर्दैन, आफैँ प्रहरी कहाँ आउँछु: शेखर गोल्छा

मलाई पक्राउ गर्नु पर्दैन, आफैँ प्रहरी कहाँ आउँछु: शेखर गोल्छा

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी गरेका हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छाले आफैँ  प्रहरी कार्यालयमा आउने बताएका छन्।

गोल्छा भैहरवा हुँदै भारत जान लागेको हल्ला फैलिएपछि प्रहरीले उनलाई फोन सम्पर्क गरेको थियो। त्यसपछि प्रहरीले गोल्छालाई फोन गरी मोबाइल अफ नगर्ने र प्रहरीको सम्पर्कमा रहने भनेको थियो। 

सोही क्रममा भएको छलफलपछि गोल्छा आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने सहमति भएको बताइएको छ ।

सम्पति शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि संलग्नता रहेको देखिएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ ।

गोल्छाले आफू अध्यक्ष रहेको हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनी भट्टलाई दोस्रो बजारमा सेयर खरिद गरी सम्पति शुद्धीकरणमा सघाउन भुमिका खेलेको र सम्पति शुद्धीकरणको छानविनमा तानिएपछि गोल्छाले २०८२ फागुन २५ गते राजिनामा दिएका थिए ।

यसअघि 'शेखर गोल्छा भैरहवाबाट पक्राउ' भन्ने समाचार छापिएकोमा क्षमाप्राप्ति छौँ–सम्पादक

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077