Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप लिग-२: यूएईविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

विश्वकप लिग-२: यूएईविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् ।

युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएर प्रतिस्पर्धा गरिरहेको छ।

शृंखलाको पहिलो खेलमा अहिले नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब छ ।

वैशाख २२ गतेसम्म चल्ने शृंखलामा तीनवटै देशले एक अर्काविरुद्ध दुई–दुई वटा खेल खेल्ने तालिका रहेको छ ।

आठ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा नेपाल २० खेलबाट १२ अंकसहित सातौँ स्थानमा रहेको छ । युएई समान खेलबाट १० अंकका साथ अन्तिममा छ । दुबै टोलीले १६ खेल खेल्न बाँकी छ ।

बाँकी खेल तालिका यस्तो छ
वैशाख १४ गते : ओमान र युएई
वैशाख १६ गते : नेपाल र ओमान
वैशाख १८ गते : नेपाल र युएई
वैशाख २० गते : ओमान र युएई
वैशाख २२ गते : नेपाल र ओमान ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077