Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सांसद शाक्यले भने- ३५ वर्षसम्मका बेथितिहरुलाई थितिमा ढाल्ने प्रयास गर्दैछौं

रास्वपा सांसद शाक्यले भने- ३५ वर्षसम्मका बेथितिहरुलाई थितिमा ढाल्ने प्रयास गर्दैछौं

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले मुलुकको विगत ३५ वर्षदेखिको बेथितिलाई सुधार्न रास्वपा अग्रसर रहेको दाबी गरेका छन् । 

आइतबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८ औँ वार्षिक साधारणसभामा बोल्दै शाक्यले बिगतमा पुराना दलहरुले देशमा सिर्जना गरेको बेथितिलाई रास्वपाले हटाउने दाबी गरेका हुन् । 

सांसद शाक्यले भने- 'आज सम्मको ३५ वर्षको इतिहासमा जति पनि बेथितिहरु थिए, ती बेथितिहरुलाई थितिमा ढाल्ने प्रयास गर्दैछौं। आजसम्मको नमूना एमआरपी नहुँदाखेरि जुन किसिमको बजारमा अपारदर्शिता थियो त्यो एकखालको बेथिति पनि हो।'

शाक्यले बजारमा पारदर्शिता अभाव रहेको सन्दर्भमा एमआरपी ९अधिकतम खुद्रा मूल्य० प्रणाली लागू गर्ने कदमलाई सकारात्मक रहेको समेत बताए ।  

शाक्यले साना तथा मझौला व्यवसायीहरू हराउने वा विस्थापित हुने आशंका केवल भ्रम मात्र भएको भन्दै सरकार तथ्य, अध्ययन र सुझावका आधारमा मात्र नीति निर्माण गर्ने विश्वास व्यक्त गरे ।

नेपाल विकासशील देशतर्फ उन्मुख भइरहेको र आर्थिक स्तर उकास्ने दिशामा सरकार गम्भीर रहेको पनि उनले बताए ।  

साथै उनले मुलुकमा सुशासन स्थापना गराउन सरकार र संसदबाट महत्वपूर्ण भुमिका खेलिने बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077