Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन आह्वान

धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन आह्वान

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । समितिले इच्छुक उम्मेदवारलाई निर्धारित ढाँचामा आफ्नो व्यक्तिगत विवरण पेस गर्न आग्रह गरेको छ।

सूचना अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ।

साथै, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा न्यूनतम ७ वर्षको व्यावसायिक अनुभव अनिवार्य गरिएको छ।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन बुझाइसक्नुपर्नेछ। आवेदनका साथ व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणित कागजातहरू र तोकिएको ढाँचाको स्वघोषणा फाराम संलग्न गर्नुपर्नेछ।

आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077