Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोल्पा जीप दुर्घटनाको छानबिन गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन आउने

रोल्पा जीप दुर्घटनाको छानबिन गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन आउने

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार दिउँसो भएको जीप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अनुसार सचिवस्तरीय निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन्।

गृह मन्त्रालयले दुर्घटनाको कारण, सम्भावित लापरवाही वा कमजोरी पहिचान गर्न तथा भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय सुझाउन स्पष्ट कार्यादेश दिएको छ।

दुर्घटना रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप सल्यापको कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा भएको हो। दिउँसो करिब २स्५० बजे भएको उक्त दुर्घटनामा २० जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077