Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रोल्पामा जात्राको लागि गएको जीप दुर्घटना, १५ जना गम्भीर घाइते

रोल्पामा जात्राको लागि गएको जीप दुर्घटना, १५ जना गम्भीर घाइते

बिहिवार , बैशाख १७, २०८३

रोल्पा। रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन्।

बिहीबार दिउँसो रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्राको लागि जान लागेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका १ जलजलास्थित सडकखण्डबाट भीरमा खसेको हो ।

जीप करिब ८०० मिटर तल खस्दा १६ जना घाइते भएका छन्। 

दुर्घटनामा १५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। एक जना भने सामान्य घाइते छन्। 

प्रहरीका अनुसार दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भइरहेको छ । थप विवरण आउन बाँकी छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077