Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पा जीप दुर्घटना अपडेट: १७ जनाको मृत्यु, उद्धार कार्य जारी

रोल्पा जीप दुर्घटना अपडेट: १७ जनाको मृत्यु, उद्धार कार्य जारी

बिहिवार , बैशाख १७, २०८३

रोल्पा। रोल्पाको थवाङस्थित जलजलामा भएको जिप दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्राको लागि जान लागेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका १ जलजलास्थित सडकखण्डबाट भीरमा खसेको थियो ।

उक्त दुर्घटनामा परि १७ जनाको मृत्यु भएको हो । एक जना भने हाम फालेर जोगिएका छन् ।

जीप सडकबाट करिब ८०० मिटर तल खसेको छ ।

अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको छ।

जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै खुलेको छैन ।

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको  जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077