Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

विश्वकप लिग–२ : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने महत्वपूर्ण खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध फिल्डिङ रोजेको छ ।

टस जित्दै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । लिग–२ को १००औँ खेलका रूपमा रहेको यो भिडन्त केहीबेरमै सुरु हुँदैछ।

नेपाल यस खेलमा सातौँ जितको खोजीमा छ। हाल तालिकाको सातौँ स्थानमा रहेको नेपालले २२ खेलबाट ६ जित, १४ हार र २ खेल रद्द हुँदै १४ अंक जोडेको छ।

यता यूएई पनि सातौँ जितको लक्ष्यसहित मैदान उत्रँदैछ। तालिकाको पुछारमा रहेको यूएईले २२ खेलमा ६ जित र १६ हारसहित १२ अंक बनाएको छ।

यसअघि भएको पहिलो भेटमा नेपालले यूएईलाई ३५ रनले पराजित गरेको थियो। त्यसैले आजको खेल यूएईका लागि बदला लिने अवसरसमेत बनेको छ।

घरेलु मैदानमा समर्थकको साथ पाएको नेपालका लागि यो खेल अंकतालिकामा सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077