Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) डीएलएस नियमका आधारमा ६ रनले हराएको छ ।

वर्षाले प्रभावित खेलमा डीएलएस नियममा ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रनमात्र बनाउन सक्यो ।

यूएईका मुहम्मद शाहदादले ६५, खुजाइमा तनभीरले ४९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतक बनाए ।

दीपेन्द्रले ९४ बलमा १०० रनमा रनआउट भए । यस्तै विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९ रन बनाए । यूएईका जुनैद सिद्दिकी र अजय कुमारले २/२ विकेट लिए ।

लिग–२ शृङ्खलामा नेपालले यसअघिको खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग डीएलएस नियमका आधारमा १०२ रनले पराजित भएको थियो ।

यो जीतसँगै नेपालले ८ वटा देश सहभागी लिग–टुमा २३ खेलमा १६ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । यूएई २३ खेलमा १२ अङ्कसहित पुछारमा र ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077