Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् । 

राष्ट्रपति पौडेलले आज केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् । 

बालेन शाह नेतृत्वको सरकारले राष्ट्रपति पौडेलसमक्ष आठ ओटा अध्यादेश सिफारिस गरेको थियो ।

जसमध्ये आज केही नेपाल ऐनलाई संशोधन गर्ने सातौँ अध्यादेश आज जारी गरिएको हो ।

यसअघि राष्ट्रपतिले सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।

जसमा सहकारीसम्बन्धी अध्यादेश, खरिदसम्बन्धी अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश र विश्वविद्यालय सम्बन्धी अध्यादेश रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077