Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रसुवामा ३६ लाखको भेप बरामद, कन्टेनर चालक पक्राउ

रसुवामा ३६ लाखको भेप बरामद, कन्टेनर चालक पक्राउ

सोमवार , बैशाख २१, २०८३

रसुवा । रसुवाको सदरमुकाम धुन्चेमा करिब ३६ लाख रुपैयाँ बराबरको भेपसहित कन्टेनर चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका-५का ३४ वर्षीय रविन्द्र श्रेष्ठ रहेका छन् ।

टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनरको क्याबिन जाँच गर्दा ४३६ थान भेप बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको भेपको मूल्य ३५ लाख ९० हजार रुपैयाँ बराबर रहेको छ।

धुन्चे अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त भेप फेला पारी चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि रसुवा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

यस घटनाले सीमावर्ती क्षेत्र हुँदै भइरहेको अवैध भेप ओसारपसार पुनः उजागर गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077