Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

छापा मारिएकोप्रति गुनासो गर्दै मुख्यमन्त्री बानियाँले भने- मेरो व्यक्तिगत चरित्रमाथि आघात पुग्यो

छापा मारिएकोप्रति गुनासो गर्दै मुख्यमन्त्री बानियाँले भने- मेरो व्यक्तिगत चरित्रमाथि आघात पुग्यो

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा भएको छानबिन तथा अनुसन्धानात्मक कारबाहीप्रति  आपत्ति जनाएका छन् ।

सोमबार घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेपछि  मुख्यमन्त्री बानियाँले आपत्ति जनाएका हुन् ।

उनले आफू राज्यका कुनै पनि निकायले बोलाएको अवस्थामा भौतिक रूपमा उपस्थित हुन सक्ने अवस्थामै रहेका बेला पनि छापा मारेर आफ्नो चरित्रमाथि आघात पुर्‍याइएको बताएका छन्।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्- 'राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु । तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।'

यद्यपी उनले आफ्नो राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने अनुसन्धानलाई आफूले सकारात्मक रूपमा लिने बताएका छन्।

मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानुनी दायराभित्र रहेर हुने कुनै पनि अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पार्दै यस्तो प्रक्रियामा सहयोग गर्न आफू सधैँ तयार रहेको उल्लेख गरेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंकामा अनुसन्धान अघि बढ्दै गर्दा सोमबार उनको हेटौँडास्थित निवास तथा काठमाडौं का नक्साल र सुन्धारास्थित कार्यालयमा छापा परेको थियो।

सो क्रममा कागजात तथा विभिन्न प्रमाणहरू संकलन गरी मुचुल्का तयार गरिएको स्रोतको भनाई छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077