Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इरानविरुद्धको 'अपरेसन एपिक फ्युरी' समाप्त भएको अमेरिकाको घोषणा

इरानविरुद्धको 'अपरेसन एपिक फ्युरी' समाप्त भएको अमेरिकाको घोषणा

बुधवार , बैशाख २३, २०८३

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्ध सञ्चालन गरिएको आक्रामक सैन्य अभियान समाप्त भएको घोषणा गरेका छन् ।

ह्वाइट हाउसमा आयोजित ब्रिफिङमा उनले करिब दुई महिनादेखि जारी रहेको ‘अपरेसन एपिक फ्युरी’को चरण पूरा भएको जानकारी दिएका हुन् ।

ह्वाइट हाउसमा भएको पत्रकार ब्रिफिङमा रुबियोले स्पष्ट रूपमा भने, 'अपरेसन एपिक फ्युरी समाप्त भएको छ। राष्ट्रपतिले कंग्रेसलाई जानकारी गराएअनुसार हामीले यो चरणको काम पूरा गरेका छौँ।'

उनका अनुसार अब अमेरिकाको रणनीति पूर्ण रूपमा रक्षात्मक हुनेछ। कुनै पनि आक्रमण नभएसम्म अमेरिका प्रत्यक्ष कारबाहीमा नजाने नीति अपनाइएको उनले बताए। तर आक्रमण भएमा कडा प्रतिक्रिया दिइने चेतावनीसमेत दिएका छन्।

रुबियोले अबको प्राथमिकता इरानका बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी कार्यान्वयन र विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण होर्मुज स्ट्रेटमा व्यापारिक आवतजावत पुनः सुचारु गराउनेतर्फ केन्द्रित हुने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077