Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी विदेशमन्त्री मार्को रुबियो पहिलोपटक भारत भ्रमणमा

अमेरिकी विदेशमन्त्री मार्को रुबियो पहिलोपटक भारत भ्रमणमा

शनिवार , जेठ ९, २०८३

एजेन्सी। अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणका लागि शनिबार बिहान कोलकाता आइपुगेका छन् ।  

भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् ।

'मार्को रुबियो भारत भ्रमणमा छन् । उनी शनिबार कोलकाता आइपुगेका छन्, यो उनको भारतको पहिलो भ्रमण हो । उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् । बैठकमा व्यापार, प्रविधि, रक्षा, क्वाड र अन्य धेरै मुद्दाहरूमा छलफल हुने  छ,' सर्जियो गोरले लेखेका छन् ।

उनले रुबियोले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने र त्यस क्रममा व्यापार, प्रविधि, रक्षा, क्वाड तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने बताएका छन् ।

यो भ्रमणलाई अमेरिका-भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा रणनीतिक सहकार्य विस्तार गर्ने उद्देश्यले हेरिएको छ । रुबियोले अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित त्तग्ब्म् को विदेशमन्त्रीस्तरीय बैठकमा पनि सहभागिता जनाउनेछन् ।

मे २६ सम्म भारतमै रहने रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम छ । 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गरेका थिए । जहाँ उनले केही घोषणा तथा सम्झौता गरेका थिए भने राष्ट्रपति सी चिनफिङबाट प्राप्त स्वागतको प्रशंसा गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077